यी हुन डिभिजन टूका लागि छनोट भएका खेलाडी [ सूचीसहित ]

यी हुन डिभिजन टूका लागि छनोट भएका खेलाडी [ सूचीसहित ]


काठमाडौं ।

आगामी महिना हुने विश्व क्रिकेट लिग डिभिजन टूका लागि नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा १४ सदस्य रहेकोनेपाली टोलीको घाषणा भएको हो ।

टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । त्यस्तै शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र आरिफ शेख पनि टोलीमा छन् । यसैगरि युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साह पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

यसैगरि सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र दीलिपनाथ र ललित भण्डारी पनि टोलीमा अटाएका छन् । दिलिपनाथ र ललितले यूएईविरुद्ध खेल्ने मौका पाएका थिए ।
सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीमा परेका छन् ।

Skip This
Logo