काठमाडौं,५,माघ
पूर्वडीआईजी नवराज सिलवाललाई भगाउन प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवाल माथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । "/>

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना !

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना !


काठमाडौं,५,माघ
पूर्वडीआईजी नवराज सिलवाललाई भगाउन प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवाल माथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छोड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ ।

सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल फरार छन् । स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेला सम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए । छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठन भित्र छ । ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्रै आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो ।

प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल भाग्न सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ । ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम कारबाही गोप्य राखिनु पर्छ । गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने । प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै सिलवालको खोजीका लागि ७७ जिल्लामा पत्राचार गरेको छ । त्यति गर्दा पनि उनी नभेटिए अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहार्ने तयारीमा प्रहरी मुख्यालय छ ।
अन्नपूर्णबाट

Logo