‘लुकेर पानीपुरी खान जान्छु’ – अनमोल केसी (भिडियो वार्ता)

‘लुकेर पानीपुरी खान जान्छु’ – अनमोल केसी (भिडियो वार्ता)


नेपाली फिल्मका सर्बाधिक चर्चित पात्र हुन् अनमोल केसी । महंगो, हम्मेसी सार्वजनिक कार्यक्रमहरुमा नदेखिने र अभिनित फिल्म सबै सुपरहिट हुने ‘हिरो’ पनि उनै हुन् ।

पछिल्लो समय फिल्म ‘कृ’ मार्फत नेपाली दर्शकमाझ आउन लागेका नायक अनमोल केसी आफैमा एक ‘ब्राण्ड’ बनिसकेका छन् । उनले पछिल्लो पटक अभिनय गरेको फिल्म ‘कृ’ यही माघ २६ गते प्रदर्शनमा आउने तयारीमा छ । यही अवसरमा प्रस्तुत छ, नायक अनमोल केसीसँग केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दु टिभीका संवाददाताले गरेको कुराकानी –

अनमोल केसीमा के छ यस्तो, एकपछि अर्को फिल्म हिट हुन्छ ?
– अनमोल केसी साधारण व्यक्ति हो । मैले अभिनय गरेका फिल्म एकपछि अर्को हिट हुनु भनेको दर्शकको माया धेरै पाएर नै हो । दर्शकले माया गरेर मेरो फिल्म हेरिदिनुहुन्छ, त्यसैले हिट भएको हो ।

तपाईंले अभिनय गरेको फिल्म ‘कृ’ प्रदर्शनमा आउदैछ, कस्तो लागिरहेको छ ?
– म फिल्मको ‘स्क्रिप्ट’ पढेर चित्त बुझ्यो भने मात्र अभिनय गर्छु । अझ भनौँ म चुजी छु । त्यसैले मेरो फिल्म धेरै समयपछि मात्र बजारमा आउने गर्छ । यसै शिलशिलामा पछिल्लो फिल्म ‘कृ’ पनि धेरै पछि प्रदर्शन हुन लागेको छ । म एकदमै उत्साहित भएको छु ।

तपाईंसँग हिरोइनहरु पनि कहिलै दोहोरिदैनन्, के यो पनि चुजी भएर नै हो ?
– यस्तो चै होइन । म हिरोइन कहिले पनि चुज गर्दिन । निर्देशकले आफ्नो ‘स्क्रिप्ट’ अनुसार छान्नुहुन्छ । त्यसमा मैले पनि अभिनय गरेको हुन्छु । त्यतिमात्र हो । हिरोइन छान्ने काम गर्दिन ।

तपाईले फिल्म ‘कृ’ को अभिनयमा कस्तो महसुस गर्नुभयो ?
– मैले ‘कृ’ को अभिनयको बेलामा धेरै कठिन र रमाइलो अनुभव गरेको छु । फिल्ममा दुई पात्रको अभिनय गर्नु पर्ने हुनाले दुवै पात्रको भूमिका अनुसारको ‘गेटअप’मा तयार हुनु पर्ने भएकाले धेरै मेहनत गर्नु पर्यो । तर संतुष्ट छु ।

‘कृ’ पछि तपाईंले एउटा फिल्म खेलेको ५० लाख भन्नु भएको छ रे नि ?
– होइन । मैले फिल्मकालागि कहिले पनि पैसाको कुरा गरेको छैन । तर, निर्माताहरुले आफैं अफर गरिरहनु भएको छ । त्यसका लागि म पनि तयार भएको छु ।

 

Logo