खेलकुद

चैत्र २४ बाट दोस्रो एट्लान्टिक मिलन फुटबल क्याम्प नेपाल २०१९ हुने

काठमाडौं । दोस्रो मिलन फुटबल क्याम्प नेपाल २०१९ हुने भएको छ । उक्त फुटबल क्याम्प आगामी चैत्र २४ देखि ३० गते सम्म हुनेछ ।
यस फुटबल क्याम्प अखिल नेपाल फुटबल संघ, ललितपुरको स्विकृति र राष्ट्रिय युवा परिषद्को सहकार्यमा अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित खेल मैदानमा संञ्चालन हुनेछ ।

साथै यस क्याम्पमा नेपालभरका १७ वर्ष भन्दा मुनिका युवाहरुको सहभागिता रहनेछ । फुटबल क्याम्पको आयोजना एट्लान्टिक स्र्पोटस् म्यानेजमेन्टले गर्नेछ भने इभेन्ट म्यानेजमेन्टको जिम्मा नेपालको प्रतिष्ठित इभेन्ट म्यानेजमेन्ट कम्पनी वान अप प्रा.लि.ले गर्ने भएको छ ।

यस क्याम्पको लागि सहयोगी प्रशिक्षकको रुपमा नेपाली प्रशिक्षहरु रहने बताइएको छ । फुटबलमा उत्कृष्ट हुने एक जना सहभागिलाई युरोपियन च्याम्पियन एट्लान्टिक फुटबल क्लब, इटालीमा एक हप्ते प्रशिक्षणको अवसर दिइने छ ।

साथै आखिल नेपाल फुटबल संघको सिफारिसमा एकजना गरिब तथा जेहेन्दार प्रशिक्षार्थीलाई यस क्याम्पमा छात्रवृति समेत प्रदान गरिने बताइएको छ ।

प्रकाशित: २२ माघ २०७५ १९:५० मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी