काठमाडौँ, १४, पुस
विद्यालय पुनर्निर्माणमा आर्थिक स्रोतको अभाव झेलिरहेको सरकारले २ वर्षमा ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ । "/>

भूकम्पको अढाई वर्षमा ५० प्रतिशत विद्यालयको पूर्ननिर्माण सम्पन्न

भूकम्पको अढाई वर्षमा ५० प्रतिशत विद्यालयको पूर्ननिर्माण सम्पन्न


काठमाडौँ, १४, पुस
विद्यालय पुनर्निर्माणमा आर्थिक स्रोतको अभाव झेलिरहेको सरकारले २ वर्षमा ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ । भूकम्प गएको अढाई वर्षपछि नेपाल सरकार र विकास साझेदारको सहयोगमा भूकम्प प्रभावित ३१ जिल्लाका लगभग ४ हजार विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको हो । विद्यालय पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको पोष्ट डिजास्टर रिकोभरी फ्रेमवर्क (पीडीआरएफ) अनुसार देशभरका भूकम्प प्रभावित सबै विद्यालय पुनर्निर्माण गर्न १ खर्ब ६७ अर्ब लाग्ने अनुमान गरिएको भए पनि हाल पूर्ण रूपमा क्षति भएका विद्यालयको संख्या १ हजार घटेपछि हाल १३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर हाल सम्म ७० अर्ब रुपैयाँको स्रोत सुनिश्चित भए मध्येबाट ५० प्रतिशत विद्यालय निर्माण सम्पन्न भएको हो ।
प्राधिकरणले पुनर्निर्माणको २ वर्षे समीक्षा प्रतिवेदन सार्वजनिक गरी विद्यालय पुनर्निमार्णको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिएको थियो । ३३ महिना अघि गएको विनाशकारी भूकम्पबाट क्षति भएका ७ हजार ५५३ विद्यालय मध्ये हालसम्म ३ हजार ७४५ वटा अर्थात ५० प्रतिशत विद्यालय पुनर्निर्माणको काम पूरा भएको हो ।
कारोबारबाट

Skip This
Logo