काठमाडौँ, १३, पुस
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपाल बीच तत्काल पार्टी एकता हुने बताएका छन् । "/>

राजपा–फोरम बीच तत्कालै पार्टी एकता हुँदै

राजपा–फोरम बीच तत्कालै पार्टी एकता हुँदै


काठमाडौँ, १३, पुस
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपाल बीच तत्काल पार्टी एकता हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गरिने बताए । ‘अहिलेको जनमत दुई पार्टी एकताको लागि नै हो, एकता हाम्रो प्राथमिकतामा छ’, उनले भने ।

महतोले ६ पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । प्रदेश २ मा राजपा र फोरम गठबन्धनको सरकार बनाउने कुरामा कुनै विवाद नरहेको उनको भनार्इ छ । निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने, ‘निर्वाचनमा हाम्रो विजयसँगै आन्दोलनको जित भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो मधेस आन्दोलनको जित हो ।’
अन्नपूर्णबाट

Logo