काठमाडौं,३, पुस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त मत खेर गएको हो । "/>

समानुपातिकमा १० लाख ७९ हजार बढी मत बदर

समानुपातिकमा १० लाख ७९ हजार बढी मत बदर


काठमाडौं,३, पुस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त मत खेर गएको हो ।

गणना नहुने अर्थात् खेर जाने मत काठमाडौं उपत्यकाका तीन जिल्लाको मतदाता संख्या बराबर छ । समानुपातिकतर्फको मतगणना सकिँदा त्यत्तिकै मात्रामा मत बदर भएको छ । १० लाख ७९ हजार बढी मत बदर भएको छ । खेर जाने मत र बदर मत बराबर जस्तै छ । खेर जाने र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । यो मत संख्या उपत्यकाका तीन जिल्लाका मतदाता संख्या भन्दा दोब्बर हो । काठमाडौं, भक्तपुर र ललितपुरको मतदाता संख्या १० लाख ९ हजार भन्दा बढी छ ।  पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ मा भएको निर्वाचनमा १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो ।
नागरिकबाट

Logo