बेलायती राजकुमार ह्यारीको विवाह सुनिश्चित

बेलायती राजकुमार ह्यारीको विवाह सुनिश्चित


लण्डन, १२ मंसिर ।

बेलायती राजकुमार ह्यारीको एक अमेरिकी नायिकासँग विवाह हुने सुनिश्चित भएको छ ।

अमेरिकी महिला मेगान मर्केलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको समाचारस्रोतले जनाएको छ ।

राजकुमार ह्यारीले मर्केलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मर्केलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहका लागि मर्केलका बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।

उनीहरुले आगामी केही महिनापछि विवाह गर्ने भएको र विवाहपछि केन्सिङ्गटन राजप्रासादमा रहेको नटिङ्गम कटेजमा बस्ने भएको पनि समाचारमा जनाइएको छ ।

राजकुमार ह्यारी बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट उत्तराधिकारीका रूपमा पाँचौ नम्बरमा रहेका छन् । उनका दाजु राजकुमार विलियमले पनि केही वर्षअघि विवाह गरेका थिए । एजेन्सी

Logo