काठमाडौं उपत्यका आज १ हजार ४६८ जना संक्रमित थपिए

काठमाडौं उपत्यका आज १ हजार ४६८ जना संक्रमित थपिए


काठमाडौं ।
काठमाडौं उपत्यका आज १ हजार ४६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा ६ सय ४९ जना महिला छन् भने ८ सय १९ जना पुरूष छन् ।

यससँगै काठमाडौंमा ६५ हजार ७८८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ५ हजार ९६६ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ३१४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८१ हजार ६८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । आज ३ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । आज मात्र २० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १४२ छ ।

आजको पिसिआर परीक्षण ११ हजार १६६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ८० हजार ९७८ रहेको छ । आज ३७ हजार ४७६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo