जेठी श्रीमतीले श्रीमानलाई आगो लगााई मारेपछि…

जेठी श्रीमतीले श्रीमानलाई आगो लगााई मारेपछि…


केन्द्रबिन्दु संवाददाता । भक्तपुर, ७ कात्तिक ।

भक्तपुरमा जेठी श्रीमतीले श्रीमानलाई आगो लगााई मार्न खोज्ने प्रयास गरेकी छिन् । हिजो सोमबार करिब २ बजेको समयमा मध्यपुर ठिमी नगरपालिका वडा नं. ०६ पुरानो ठिमीमा जेठी श्रीमतीले श्रीमानलाई आगो लगााई मार्न खोज्ने प्रयास गरेकी हुन् ।

सोेही ठाउँको मैयाँ बुढाथोकीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मंखा घर भएका ४० वर्षीय बिदुर नेपाललाई उनकै जेठी श्रीमतीले मार्नको लागि कोठामा आगो लगाएकी थिइन् । आगोको चपेटामा परी नेपाल घाइते भएपछि उनको उपचारका लागि हिजो नै मध्यपुर अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पतालमा लगिएको थियो । नर्भिक अस्पतालमा उनलाई भर्ना नलिएपछि तत्काल कीर्तिपुर (बर्न) मोडेल अस्पताल लगिएको थियो ।

उपचारको क्रममा हिजो करिब साढे ६ बजेको समयमा नेपालकोे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण प्रसाईले बताए ।

उनले नेपालकी कान्छी श्रीमती माइत गएको अवस्थामा जेठी ४० वर्षीय श्रीमती गीता नेपालले मार्नको लागि आगोे लगाएको बताए । नेपालकी जेठी श्रीमती गीता नेपाललाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखी थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट सिनियर प्रहरी अधिकृतसहितको प्रहरी टोली खटी अनुसन्धानलाई तीव्रता दिएको छ ।

 

Logo