जितसँगै शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता

जितसँगै शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता


जर्मन बुण्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको छ।  

शुक्रबार राति घरेलु टोली हर्था बर्लिनमाथिको जितमा पहिलो हाफमा किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो ।

तर, २१औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि बायर्नले घरेलु टोलीलाई दवावमा राखे पनि थप गोल गर्न नसक्दा कोमानको गोल नै निर्णायक बन्यो ।

जारी लिगमा शीर्ष स्थानमा रहेका बायर्नको ४८ अंक रहेको छ। दोस्रो स्थानको लेइपजिगको ३८ अंक छ।  

 

Logo