इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा इन्टर मिलान

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा इन्टर मिलान


एसी मिलानलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबारराति फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टरले एसी मिलानलाई १ अंकले पछि पारेकाे हाे । फियारेन्टिनामाथिको जितमा इन्टरका लागि खेलको ३१औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । 

५२औं मिनेटमा इभान पेरिसिसले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । शीर्षस्थानमा उक्लिएको इन्टर मिलानको २१ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको ४६ अंक छ । 

 

 

Logo