शीर्षस्थानको एथ्लेटिको बराबरीमा रोकियो

शीर्षस्थानको एथ्लेटिको बराबरीमा रोकियो


स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा सेल्टा भिगोले एथ्लेटिको मड्रिडलाई २–२ को बराबरीमा रोकेको छ ।

सेल्टाका लागि १३ औँ मिनेटमा मिना लोरेन्जोले गोल गरी सुरुवाति अग्रता दिलाए । ४५ औँ मिनेटमा एथ्लेटिकोका लागि स्वारेजले बराबरी गोल गरेकाका  थिए । खेलकाे ५० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरि टिमलाई अग्रता दिलाए ।

तर ८९ औँ मिनेटमा फेरियराले सेल्टाका लागि बराबरी गोल फर्काए । बराबरी पछि पनि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक भएको छ ।

Skip This
Logo