1
1
1
1
1

साफ महिला च्याम्पियनसीप जिते प्रत्येक खेलाडीलाई २ लाख

1
1
1
1
1
1

काठमाडौं । साफ महिला च्याम्पियनसीप जितेमा नेपाली महिला फुटबल टोलीले जनही २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको हो ।

साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दैछ । विराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो । प्रदेश सरकारले उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने भएको छ ।

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।

प्रकाशित: ८ चैत २०७५ ११:२२ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी