विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित

विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित


आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ ।

आइसीसीले कोरोना महामारी लगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ओमान सिरिजका  लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो ।  

लिगमा हालसम्म नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको छ ।  

Logo