४ जेठ २०७९ बुधबार
1
1
1
1

महिला लिगः दुई खेल अगावै एपीएफ च्याम्पियन

1
1
1
1
1
1

विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेपछि एपीएफ च्याम्पियन बनेको हो ।

यस बराबरीसँगै एपीएफ दुई खेल अगावै च्याम्पियन बनेको हो । आर्मीले पुलिसलाई हराएको भए एपीएफलाई अर्को खेलको नतिजा कुर्नु पर्ने थियो । तर, आर्मी रोकिएपछि एपीएफले उपाधि पक्का गरेको हो ।

अब एपीएफले बाँकी दुई खेल गुमाए पनि उपाधि आफ्नो बनाउनेछ ।  पुलिससँग अंक खोसेको आर्मीले पनि उपविजेताको स्थान पक्का गरेको छ । दुई खेल अगाडी नै च्याम्पियन बनेको एपीएफको १० खेलमा ३० अंक रहेको छ ।

जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । विराटनगर महानगरपालिका १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । पुलिस ११ खेलमा १५ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।

प्रकाशित: ५ फागुन २०७७ १५:२५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी