लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री

लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित भएका छन् । आफूविरुद्ध परेको सर्वोच्चको अवहेलना मुद्दाको लिखित जवाफ लिएर उनी सर्वोच्च पुगेका हुन् ।

ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लागेको छ । माघ १३ गते उनीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

Logo