चेल्सी बराबरीमा रोकियो

चेल्सी बराबरीमा रोकियो


इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको हो ।

साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोली साउथह्याम्टनले खेलको ३३औं मिनेटमा मिनामिनोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो । 

५४औं मिनेटमा मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । यो बराबरीसँगै चेल्सी २५ खेलबाट ४३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । साउथह्याम्टन २४ खेलबाट ३० अंक जोडेर १३औं स्थानमा छ ।

Logo