आहा रारा गोल्डकप चैत १७ गते देखि पोखरामा हुने

आहा रारा गोल्डकप चैत १७ गते देखि पोखरामा हुने


चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि साहरा क्लबले कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको छ । 

आयोजक सहारा क्लबले काठमाडौंमा एक कार्यक्रम गरी देखापढी डटकमको प्रकाशक कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको हो । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रालिका प्रबन्ध निर्देशक मनोज राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेर आदान प्रदान गरे ।

सम्झौतासँगै प्रतियोगिताको अडियो भिडियो अधिकार कथा नेपालसँग रहनेछ । त्यसबापत आयोजक साहरा क्लबलाई कथा नेपाल प्रालिले ५ लाख रुपैयाँ भुक्तानी गर्नेछ । 

चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहनेछ ।

क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Skip This
Logo