खेलकुद वाग्मती

‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी

15 Shares

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लब विजयी भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा नयाँबस्तीले मध्यपुर युथ एशोसिएशनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नयाँबस्तीका लागि सचु गुरुङ र अवय धिमालले एक एक गोल गरेका हुन् । गुरुङले खेलको आठौँ मिनेटमा गोल गरेका हुन् । यस्तै धिमालले खेलको ७९ औँ मिनेटमा गोल गरेका हुन् । यसैगरी मध्यपुरका लागि सान्त्वना गोल खेलको ५७ औँ मिनेटमा भूपालसिंह गुरुङले गरेका हुन् । 

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुने छ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।   

प्रकाशित: ११ फाल्गुन २०७७ १७:५५ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी