च्याम्पियन्स लिगमा रियल विजयी

च्याम्पियन्स लिगमा रियल विजयी


यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टामाथि १-० को जित दर्ता गरेको छ ।

एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए ।

घरेलु मैदानमा अन्तिम समयमा गोल खाएपछि अब एटलान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

Logo