‘बी’ डिभिजन लिग : आज दुई खेल हुने

‘बी’ डिभिजन लिग : आज दुई खेल हुने


शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । आज आरसीटी र नयाँबस्ती युवा क्लब तथा झम्सिखेल युथ र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे सुरु हुने पहिलो खेलमा आरसीटी र नयाँबस्तीबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

यस्तै आज दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Logo