तेस्राे टेस्टमा भारत १० विकेटले विजयी

तेस्राे टेस्टमा भारत १० विकेटले विजयी


इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका लागि राेहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे ।

पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्ग्ल्याणडकाे टेस्ट दोस्रो दिनमै सकिएको छ । यसअघि तेस्रो टेस्टकाे पहिलो पारीमा भारतलाई १४५ रनमा अलआउट गरेको इङ्ल्याण्ड ८१ रनमा अलआउट भयो । 

भारतका अक्षर पटेलले पाँच र रविचन्द्रन अश्विनले चार विकेट लिए । यसअघि इङ्ल्याण्डका कप्तान जोए रुट र स्पिनर ज्याक लिच चम्किएपछि भारत १४५ रनमा अलआउट भयो । जोए रुटले आठ रन दिएर पाँच विकेट लिए भने ज्याक लिचले चार विकेट लिए । 

पहिलो टेष्टमा इंग्ल्यान्डमा २२७ रन विजयी र दोस्रोमा ३१७ रनले पराजित भएको थियो । चौथो तथा अन्तिम टेष्ट खेल ४ मार्चदेखि सुरु हुने छ ।

Logo