सहिद स्मारक ‘बी’ डिभिजन लिग : पुल्चोक र श्री भगवतीको बराबरी

सहिद स्मारक ‘बी’ डिभिजन लिग : पुल्चोक र श्री भगवतीको बराबरी


सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार पुल्चोक र श्री भगवतीले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । जसका कारण दुबै टिमले एक एक अंकमा चित्त बुझाउनु पर्यो । बराबरीसँगै श्री भगवतीले ७ खेलबाट ६ अंक जोडेको छ । श्री भगवती लिगको नवौं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

Logo