जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख विजयी

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख विजयी


जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले कोल्नलाई पराजित गरेकाे छ । रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीको दुई/दुई गोलको सहयोगमा बायर्न म्युनिख विजयी भएकाे हाे । 

खेलको छैटौ मिनेटमा नै इरिक म्याक्सिम चुपो मोटिङको गोलबाट बायर्नले अग्रता लिएको थियो । ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

४९औं मिनेटमा इलएसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६५औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न खेलमा ३–१ ले अघि बढ्यो । 

खेलकाे ८२औं मिनेटमा जिनाब्रीले टोलीका लागि चौथो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । त्यसको चार मिनेटपछि जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ५–१ को सानदार जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । बायर्नको २३ खेलबाट ५२ अंक पुगेको छ । 

Logo