युभेन्टस बराबरीमा रोकिँदा उपाधि हाेडमा धक्का

युभेन्टस बराबरीमा रोकिँदा उपाधि हाेडमा धक्का


इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु टोली हेलास भेरोनासँग १–१ गोलको बराबरी खेलेर अंक बाडेकाे छ । 

पहिलाो हाफ बराबरीमा सकिएकाे खेलकाे ४९औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काए ।त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यो बराबरीपछि युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा यथावत  छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग ३ अंकले पछि छ ।

Logo