एमबाप्पे चम्किँदा पीएसजी विजयी

एमबाप्पे चम्किँदा पीएसजी विजयी


फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे ।

मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल रह्यो । जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पीएसजीले २७ खेलमा ५७ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ ।

Logo