एसी मिलान र इन्टर मिलान विजयी

एसी मिलान र इन्टर मिलान विजयी


इटालियन सिरी ‘ए’ को शीर्ष होडमा रहेको इन्टर मिलान र एसी मिलान दुवै टिमले जित दर्ता गरेका छन् । 

एसी मिलानले रोमालाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको इन्टर मिलानलाई दवाव बढाएको छ ।

रोमामा आइतबार राति भएको खेलमा मिलानले खेलको ४३औं मिनेटमा फ्रान्क केस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ५०औं मिनेटमा जोर्डन भेरेटआउटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा एन्टी रेविचले एलेक्सिसको पासमा गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । यो जितसँगै दोस्रो स्थानमा रहेको मिलानको २४ खेलबाट ५२ अंक पुगेको छ । 

त्यस्तै इन्टर मिलानले इटालीको सिरी एको शीर्ष स्थानमा आफ्नो चार अंकको अग्रता कायम राख्न आइतबार जेनोआलाई ३–० ले हराएको छ । त्यसमा रोमेलु लुकाकु, माटेओ डारमिन र एलेक्स सान्चेजले गोल गरे ।

इन्टरको ५६ तथा मिलानको ५२ अंक छ ।

Logo