बी डिभिजन लिगः टुसाल र नयाँबस्तीको बराबरी

बी डिभिजन लिगः टुसाल र नयाँबस्तीको बराबरी


सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । 

बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरीमा खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु परेको हो ।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याएका थिए ।

यस बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । टुसाल ९ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Logo