फ्रेन्च लिगमा पीएसजी विजयी

फ्रेन्च लिगमा पीएसजी विजयी


फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

खेलको २० औं मिनेटमा पाब्लो सराबियाले गोल गरेका थिए । जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पीएसजीले २८ खेलमा ६० अंक जोडेर खेलतालिकाकाे दोस्राे स्थानमा छ । 

 

Logo