प्रिमियर लिगमा टोटेनह्यामको सानदार जित

प्रिमियर लिगमा टोटेनह्यामको सानदार जित


इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ ।

खेलको २५औं केनको पासमा ग्यारेथ बेलले गोल गर्दै टोटेनह्यामलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्टेकेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४९औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामलाई २–१ को अग्रता दिलाए । ५२औं मिनेटमा केनले गोल गर्दै टोटेनह्यामलाई ३–१ ले अघि बढाए । 

७६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोटेनह्यामलाई ४–१ को सहज जित दिलाए । 

जितसँगै टोटेनह्याम २७ खेलबाट ४५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस २८ खेलबाट ३४ अंक जोडेर १३औं स्थानमा छ ।

Logo