रियल म्याड्रिड बराबरीमा रोकियो

रियल म्याड्रिड बराबरीमा रोकियो


स्पेनिस ला लिगा अन्तर्गत आइतबार  राति भएकाे खेलमा घरेलु टोली एट्लेटिको म्याड्रिड ररियल म्याड्रिडले बराबरी खेलेका छन् । 

सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिए पनि अन्तिम समयमा गोल रियल म्याड्रिडले बराबरी फर्काएकाे हाे । सुआरेजले खेलको १५ औं मिनेटमा गोल गरेका थिए । 

तर, खेल सकिन २ मिनेट बाँकी रहँदा करीम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए ‌। यस बराबरीपछि एट्लेटिको २५ खेलमा ५९ अंकसहित शीर्षस्थानमा कायम छ । रियल २६ खेलमा ५४ अंकसहित तेस्राे स्थानमा छ । 

Logo