एभर्टनमाथि चेल्सीको सानदार जित

एभर्टनमाथि चेल्सीको सानदार जित


इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

सोमबारराति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

खेलको ३१ औं मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।

यस जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ ।

Logo