सेभिया बाहिरियो, डर्टमण्ड क्वाटरफाइनलमा

सेभिया बाहिरियो, डर्टमण्ड क्वाटरफाइनलमा


जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिए पनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।  खेलको ३५ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५४ औं मिनेटमा हालाण्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

तर, दुई गोलले पछि परेको सेभियाले पुनरागमन गर्यो । खेलको ६९ औं मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२ को बराबरीमा फर्काएका थिए ।

दोस्राे लिग बराबरीमा सम्पन्न भए पनि अघिल्लो खेलले क्वाटरफाइनलकाे यात्रा तय  गर्न निर्णायक भूमिका खेला सेभिया बाहिरिनु परेकाे हाे ।

Logo