सिटीको सानदार जितसँगै शीर्षस्थानमा १४ अंकको अग्रता

सिटीको सानदार जितसँगै शीर्षस्थानमा १४ अंकको अग्रता


इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के गुन्डोगानले एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा ब्रुएनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता २-१ को बन्यो । पहिलो हाफको इन्जुरी समयमा गुन्डोगानले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।

खेलको ५५ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ४-१ को अग्रता बनायो । त्यसको एक मिनेटपछि साउथह्याम्पटनका एडम्सले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-२ को जित दिलाए ।जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ ।

Logo