देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलका शीर्ष नेताको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । 

साथै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि आजै कांग्रेससँग छलफल गर्ने भएको छ। 

देउवा लगायत कांग्रेसका अन्य शीर्ष नेताहरुले दिउँसो ४ बजे जसपाका नेताहरुलाई भेट्ने समय तालिका छ । 

जसपाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बिहीबार भेटवार्ता गरेको थियो। आगामी सत्तासमीकरणका लागि जसपाले राखेका प्रमुख तीन मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । यसै विषयमा छलफल गर्न जसपाले आज कांग्रेससँग पनि भेट गर्ने भएको हो ।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वाेच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

Logo