भलिबलको कोचेज कोर्ष चैतमा

भलिबलको कोचेज कोर्ष चैतमा


ढोरपाटन क्लबको आयोजनामा भलिबलको बेसिक लेभल वान कोचेज कोर्ष हुने भएको छ । 

नेपाल भलिबल संघको सहयोगमा ढोरपाटनले लेभल वान कोर्ष गर्ने भएको हो । कोचेज कोर्ष चैत ५ देखि १४ गतेसम्म संचालन हुनेछ । कोर्षमा सहभागीलाई कपिल किशोर श्रेष्ठको नेतृत्वमा उत्सव खड्का र अन्तर्राष्ट्रिय रेफ्री कुलबहादुर रानाले प्रशिक्षण दिनेछन् ।

भलिबलमा विकास गर्ने उद्देश्यले कोर्षको प्रशिक्षण गर्न लागेको ढोरपाटनका अध्यक्ष मनवीर छन्त्यालले बताए । प्रशिक्षण ढोरपाटनको मैदान, ऋत एकेडेमी र साउथ वेस्टर्न कलेज बसुन्धरामा हुनेछ । कोर्षमा कुल ५० जना प्रशिक्षकको सहभागिता रहनेछ ।

Logo