अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने

अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने


साेमबारदेखि सुरु हुने देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने भएको छ ।

स्पिन इभेन्टरस प्रा ली. र गंगादेवी बस्त्रालयबीच आइतबार काठमाडौंमा प्रतियोगिताको लागि सहप्रायोजन गर्ने सम्झौता भएको हो । सम्झौतपत्रमा स्पिन इभेन्टरस प्रालिका तर्फबाट सुमन शाक्य र गंगादेवीका तर्फबाट प्रकाश बर्तौलाले हस्ताक्षर गरेका छन् ।

सह प्रायोजनकको रुपमा जोडिन लागेको गंगादेवी बस्त्रालयले प्रतियोगिताको कुल ३० प्रतिशत बजेट बराबर ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ । मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिमसहित ४ सय ३३ र महिलामा ८ टिमसहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरुष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुनेछ । वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडी भने सहभागी हुने छैन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ । पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउनेछन् । पदकतालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद पचास हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन् । चैत ७ गतेसम्म आयोजना हुने प्रतियोगिता काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Logo