युभेन्टसकाे जितमा रोनाल्डोले तोडे पेलेको कीर्तिमान

युभेन्टसकाे जितमा रोनाल्डोले तोडे पेलेको कीर्तिमान


इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गर्दा रोनाल्डोले किर्तिमानसमेत बनाएकाे छ । 

रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल पूरा  गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ । उनलाई पेलेले पनि बधाई दिएका छन् । 

काग्लियारीको मैदानमा भएकाे खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।

यस्तै खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो । यस जितसँगै युभेन्ट्सले २६ खेलमा ५५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।

 

Logo