लेष्टर सिटी विजयी

लेष्टर सिटी विजयी


इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडमाथि ५-० गोलको जित निकालेको हो ।

खेलको ३९ औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा पेरेजले गोल गर्दा लेष्टरको अग्रता २-० को बन्यो ।

६९ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेष्टरको अग्रता तेब्बर बन्यो । खेलको ७८ औं मिनेटमा केलिचीले ह्याट्रिक पूरा गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा इथान अम्पाडुले आत्मघाती गोल गर्दा लेष्टर ५-० ले विजयी भयो ।

जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Logo