बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल


बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । 

घरेलु मैदानन नोउम क्याम्पमा सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४–१ को सानदार जित हात पारेको हो । 

खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

५३औं मिनेटमा ओस्कार मिनगुइजाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । ९०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउदै दोस्रो स्थानमा उक्लन सफल भएको छ । 

Logo