१५ माघ २०७८ शनिबार
1
1
1

अन्तरवडा टेबल टेनिसः भक्तपुर ५ को ३–२ को अग्रता

1
1
1
1
1
1
1
1
1

राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ। लैनचौरस्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो।

पहिलो खेलमा भक्तपुर ५ की  दिया देउलाले भक्तपुर २ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा भक्तपुर नगरपालिका २ की क्यारिना सुवालले भक्तपुर नगरपालिका ५ की नर्मदा खैटुलाई ३–२ को सेटमा पराजित गरेकी थिइन्। तेस्रो खेल अन्र्तगत महिला डबल तर्फको खेलमा भक्तपुर ५ का दिया र नर्मदाको जोडिलाई भक्तपुर २ का मञ्जु र प्रदिपा सुवालको जोडिले १–३ को सेटमा पराजित गर्दै अग्रता निकालेका थिए। तर  चौथो खेलमा पुनः दिया देउलाले क्यारिना सुवालाई ३–० को सेटमा पराजित गर्दा सेट बराबरीमा आएको थियो। अन्तिम तथा निर्णायक खेलमा भक्तपुर नगरपालिका ५ की  नर्मदाले भक्तपुर नगरपालिका २ की मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दा नगरपालिका वाड नं ५ टिम च्याम्पियन भएको हो।

प्रतियोगितामा मंगलबारै पुरुष टिम इभेन्ट्समा पहिलो क्वाट्रफाइनल खेल सम्पन्न भएका छन्। ललितपुर महानगरपालिका वडा नं १९ ले सोही नगरपालिकाको वडा नं ८ लाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा दोस्रो क्वार्टरफाइनल खेलमा धरान उपमहानगरपालिका ९ ले ललितपुर महानगर पालिका वडा नं ७ लाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो। त्यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा धरान उपमहानगरपालिका वडा नं १३ ले भक्तपुर नगरपालिका ५ लाई ३–२ को सेटमा हराउँदा अन्तिम क्वार्टर फाइनल खेलमा विराटनगर महानगरपालिका वडा नं ३ ले ललितपुर महानगरपालिका १२ लाई पनि ३–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश ग¥यो। प्रतियोगिता अन्तर्गत मंगलबार नै पुरुष एकल र महिला एकलमा पहिलो चरण र भेट्रान्स ४० वर्ष माथि तथा ५० वर्ष माथिको प्रतिस्पर्धा सम्पन्न भए।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ। महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ प्रस्पर्धामा हुँदैछ। प्रतियोगिता ७ गते सम्म चल्नेछ। 

प्रकाशित: ३ चैत २०७७ १८:५८ मंगलबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी