बार्सिलोनाको सानदार जितसँगै दोस्रो स्थानमा उक्लियो

बार्सिलोनाको सानदार जितसँगै दोस्रो स्थानमा उक्लियो


बार्सिलोनाले स्पेनिस ला ला लिगामा रियल सोसिडाडमाथि सानदार जित हात पारेको छ ।
बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को  जित निकाल्दै दोस्राे स्थानमा उक्लिएकाे हाे । 

बार्सिलोनाको जितमा खेलको ३७औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ४३औं मिनेटमा सर्जिनो डेस्टले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५३औं मिनेटमा सर्जिनो डेस्टले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

५६औं मिनेटमा कप्तान लियोनेल मेस्सीले थप गोल गर्यो। ७१औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ५–० ले अघि बढाए । ७७औं मिनेटमा एन्डरले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ८९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६–१ को सानदार जित दिलाए ।

बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ छ । 

Logo