जितसँगै पीएसजी शीर्षस्थानमा उक्लियो

जितसँगै पीएसजी शीर्षस्थानमा उक्लियो


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई पराजित गरेको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा ४–२ को सानदार जित निकालेको हो ।

आइतबार राति भएको खेलमा पीएसजीले खेलको १५औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । ३२औं मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४७औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ५२औं मिनेटमा मार्काे भेराट्टीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेपछि पीएसजीले ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

६२औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

जितपछि पीएसजी ३० खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । 

Logo