नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सको पहिलो जित


फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । पहिलो खेल टर्कीसँग पराजित भएको थियो । शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले जित दर्ता गरेकाे हाे

नेदरल्यान्ड्सलाई जित दिलाउन खेलको ३२ औं मिनेटमा स्टेभेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा जोङले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

जितसँगै समूह 'जी' को नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको तेस्रो स्थानमा रहेको छ ।

 

Logo