विश्वकप छनौट : स्पेनको पुनरागमन जित

विश्वकप छनौट : स्पेनको पुनरागमन जित


फिफा विश्वकपको युरोपियन छनौटमा स्पेनले जर्जिया माथि पुनरागमन जित हात पारेको छ ।

डानिएल ओल्मोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्जियालाई २-१ ले पराजित गरेको हो । छनोटमा स्पेनको यो पहिलो जित हो ।

स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । विश्वकप छनौटमा स्पेनको यो पहिलो जित हो । यसअघि स्पेनले पहिलो खेलमा ग्रीससँग १–१ गोलको बराबरी खेलेको थियो ।

घरेलु मैदानमा किचा काभारस्खेलाले ४४औं मिनटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाए । खेलकाे ५६औं मिनेटमा फेरान टोरेसले स्पेनको लागि बराबरी गोल फर्काए । ओल्मोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै स्पेनलाई जिताए ।

जितसँगै स्पेन समूह ‘बी’ मा २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको स्वीडको ६ अंक छ । पराजित ग्रीस १ अंक जोडेर तेस्रो स्थानमा रहँदा जर्जिया र कोसोभोले अंकको खाता खोल्न सकेको छैन ।

Logo