फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई दुई गोल गरे ।
यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे । बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार चार गोल गरेको थियो ।
यस जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ । समूह 'ई' को बेल्जियम शीर्षस्थानमा रहेको छ ।
प्रकाशित: १८ चैत २०७७ ०८:२२ बुधबार