फ्रान्स, इंग्ल्यान्ड र इटाली विजयी

फ्रान्स, इंग्ल्यान्ड र इटाली विजयी


फिफा विश्वकप २०२२ को युरोपेली छनोटका फुटबलका फ्रान्स, इंग्ल्यान्ड र इटाली विजयी भएका छन् । 

बोसनिया हर्जगोभिनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमलाई हराउँदै पाहुँना टिम फ्रान्सले १–० गोलको साँघुरो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सको जितका लागि एन्टोनी ग्रिजम्यानले ६०औं मिनेटमा निर्णायक गोल गरे।

घरेलु टिम इंग्ल्यान्डले पोल्यान्डलाई २–१ गोलले हराएको छ। घरेलु मैदानमा जितका लागि इंग्ल्यान्डका ह्यारी केन र ह्यारी म्यागुरीले गोल गरे । त्यसबीच पोल्यान्डका लागि ज्याकुब मोडरले गोल गरेका थिए।

त्यस्तै, लिथुनियाको मैदानमा घरेलु टिमविरुद्ध गोल गर्दै इटालीले जित नकालेको छ । इटालीको जितमा स्टोफेनो सेन्सी र सिरो इमोबाइलले गोल गरे।

Logo