रेफ्रीमाथि हातपात गर्ने ६ खेलाडी र १ प्रशिक्षकलाई प्रतिबन्ध

रेफ्रीमाथि हातपात गर्ने ६ खेलाडी र १ प्रशिक्षकलाई प्रतिबन्ध


मोरङ जिल्ला फुटबल संघले महिला रेफ्री जमुना मगरमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षकलाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको छ। मोरङ जिल्ला फुटबल संघले रेफ्री मगरमाथि हातपात गर्ने ६ खेलाडी र १ प्रशिक्षकलाई प्रतिबन्ध लगाएको हो।

मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जारी प्रथम नगरस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा वडा नम्बर १० का खेलाडीले मगरमाथि हातपात गरेका थिए । रेफ्रीमाथि हातपात गर्ने मध्ये राज तामाङ, सनम मुडीयारी, सोनाम कार्की र पुस्कर राईलाई संघले २ वर्षको प्रतिबन्ध लगाएको छ।

यस्तै संजोक तामाङ र आकाश धिमाललाई १ वर्षको प्रतिबन्ध गरिएको छ । प्रशिक्षक राजन लिम्बुलाई १८ महिनाको प्रतिबन्ध लगाइएको छ । त्यस्तै अफिसियलको सुरक्षा गर्न नसको भन्दै संघले आयोजकलाई ११ हजार जरिवानासमेत गरेको छ।

Logo