काठमाडौं । नेपाली लेग स्पिनर खेलाडी सन्दीप लामिछाने ‘एमरर्जिङ प्लेयर’ अवार्डको दावेदार खेलाडीमा पर्न सफल भएका छन् । सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।
दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् । अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल परेका छन् ।
पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुला गरिएको छ । यो समाचार तयार पार्दासम्म सन्दीप सबैभन्दा अगाडि छन् । उनले अहिलेसम्म ५५ प्रतिशत मत प्राप्त गरेका छन् । २०१८ मा दिल्लीकै रिसब पन्तले उक्त अवार्ड जितेका थिए । यो अवार्ड जित्नेलाई १० लाख भारु पुरस्कार प्रदान गरिनेछ । सन्दीपलाई https://www.iplt20.com/polls/emerging-player मा क्लिक गरेर भोट दिन सकिनेछ ।
प्रकाशित: ३ बैशाख २०७६ १२:०४ मंगलबार